राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना

नेपालखोज २०७९ असोज २२ गते १२:३५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् । राष्ट्रपति भण्डारी शुक्रबारदेखि अस्वस्थ भएपछि अस्पतालमा चेकजाँच गर्न भर्ना भएको उनको स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो ।’ राष्ट्रपति भण्डारीको अहिले उपचार भइरहेको छ ।

प्रतिक्रिया