डडेल्धुरामा बाघको आक्रमणबाट घाइते

नेपालखोज २०७९ असोज २२ गते १२:४८

डडेल्धुरा । बाघको आक्रमणबाट गन्यापधुरा गाउँपालिका ४ का नरबहादुर धानुक गम्भीर घाइते भएका छन् ।

उनलाई शुक्रबार बेलुकी गाउँ नजिकैको जङ्गलमा बाघले आक्रमण गरेको गन्यापधुरा ४ का वडाध्यक्ष नरेश भट्टले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते धानुकको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । -रासस

प्रतिक्रिया