काठमाडौं २ मा माओवादीबाट ओनसरी घर्तीलाई टिकट

नेपालखोज २०७९ असोज २३ गते १०:२३

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र २ मा पूर्वसभामुख ओनसरी घर्ती मगरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार टिकट दिएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा काठमाडौं-२ परेपछि अन्तिम समयमा आएर घर्तीलाई टिकट दिएको हो । यसअघि माओवादीका स्थानीय नेता कृष्णराज सुवेदी उम्मेदवार बन्ने दौडमा भएपनि उनले टिकट पाउन सकेनन् ।

प्रतिक्रिया