राष्ट्रपति भण्डारी आइतबार पनि अस्पतालमै रहने
नेपालखोज
२०७९ असोज २३ गते १५:१०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार पनि अस्पताल, महाराजगञ्जमा बिताउने भएकी छन् । ज्वरो तथा रुघाखोकी कम नभएपछि आइतबार पनि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज अस्पतालमै रहनेभएकी हुन् । भण्डारीको आज एक्सरे लगायतको परीक्षण गरिएको छ । परीक्षणको रिपोर्टमा कुनै पनि समस्या देखिएको छैन ।
‘हिजो रातिदेखि ज्वरो, खोकी तथा शरीर दुखाइ बढेको छ । पुन: २४ घण्टाको निगरानीमा राखेपछि मात्रै डिस्चार्ज गर्ने कि नगर्ने भन्ने निर्णयमा पुग्न सकिने,’ उपचारमा सम्लग्न एक फिजिसियन डाक्टरले बताए ।
चार दिनदेखि ज्वरो तथा रुघाखोकीले थला परेकी उनी स्वास्थ्य उपचारका लागि शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्ज पुगेकी थिइन् । १०३ डिग्री ज्वरो आएकाले चिकित्सकहरुले डेंगु संक्रमणको अनुमान गरेका थिए । तर, नमुना परिक्षणमा डेंगु नेगेटिभ आएको छ ।
सम्बन्धित

प्रतिक्रिया