रुकुम पश्चिमको प्रतिनिधिसभामा अर्थमन्त्री शर्माको उम्मेदवारी
नेपालखोज
२०७९ असोज २३ गते १६:१४

मुसीकोट । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
आज अपरान्ह खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आएका शर्माले यो पटक पनि रुकुम पश्चिमबाटै उम्मेदवारी दिएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया