आइतबार, वैशाख २३, २०८१

नेप्सेमा पूरै हरियाली : ४४ अंकले बढ्दा ८३ करोडको सेयर किनबेच

नेपालखोज २०७९ असोज २३ गते १५:५३

काठमाडौं । दशैंको लामो बिदापछि आज आइतबार पहिलो दिन खुलेको नेप्से सकारात्मक देखिएको छ । सुरुवाती कारोबार दिन नै नेप्से ४४ दशमलव ६२ अंकले बढेर १८ सय ९८ दशमलव ३८ अंकमा चढेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ७८ अंकले बढेर तीन सय ७२ दशमलव २१ अंकमा चढेको छ । दुई सय २४ वटा कम्पनीहरुको १४ हजार नौं सय ९१ पटकको कारोबारमा २५ लाख ३३ हजार तीन सय ९३ कित्ता सेयर खरिद बिक्री भएकोमा कूल कारोबार रकम ८३ करोड ६८ लाख ७३ हजार एक सय ४० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा १३ वटै समूहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाणिज्य बैंक समुहको सुचक २५ दशमलव ५७ अंकले बढेर १३ सय २७ दशमलव ९३ अंकमा चढेकोमा बिकास बैंक समूहको सुचक पनि एक सय ४९ दशमलव दुई अंकले बढेर तीन हजार चार सय ५८ दशमलव ७९ अंकमा चढेको छ ।

जलबिद्युत समुहको सुचक पनि ५६ दशमलव ५१ अंकले बढेर दुई हजार २४ दशमलव १८ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ३५ दशमलव ४९ अंकले बढेर सात हजार छ सय ४४ दशमलव दुई अंकमा चढेको छ ।

जीवन बीमा समुहको सुचक पनि एक सय ८७ दशमलव आठ अंकले बढेर आठ हजार नौं सय एक दशमलव ३३ अंकमा चढेकोमा फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज सप्तकोशी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९५ प्रतिशतले बढेर दुई सय ३० रुपैयाँ ९० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा ग्लोवल आईएमई व्यालेन्स फण्डको प्रतियुनिट सेयर मुल्य चार दशमलव ४८ प्रतिशतले घटेर आठ रुपैयाँ ३१ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता दुई सय ७९ रुपैंयाँ अन्तिम मुल्यमा २२ करोड ६९ लाख ८१ हजार सात सय ४४ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया