राप्रपा नेतृ रेखा थापाको मोरङ ३ मा उम्मेदवारी
नेपालखोज
२०७९ असोज २३ गते १८:४०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ रेखा थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएकी छिन् । नेतृ थापाले मोरङ क्षेत्र नम्बर ३ बाट मनोनयनपत्र दर्ता गराएकी हुन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले मोरङ ३ को परिवर्तनका लागि आफूले उम्मेदवारी दिएको बताइन् ।
यस क्षेत्रले २० वर्षको अन्तरालमा कहिल्यै विकल्प नपाएको भन्दै अब विकल्पको रूपमा युवाशक्ति बनेर आफू आएको जिकिर गरिन् । मोरङ क्षेत्र नम्बर ३ बाट आफ्नो जित सुनिश्चित रहेको उनको दाबी छ।
सम्बन्धित

प्रतिक्रिया