सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना

नेपालखोज २०७९ असोज २४ गते ६:१५

काठमाडाैं । हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको तथा प्रदेश नं १, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विभागले जनएकाे छ ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाका साथै यी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेशका केहि  स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनायएकाे छ ।

प्रतिक्रिया