दक्षिण अफ्रिकाविरुद्ध भारतकाे शानदार जित
नेपालखोज
२०७९ असोज २४ गते ६:४६

काठमाडाैं । दोस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई ७ विकेटले हराउँदै भारतीय टोलीले तीन खेलको शृङ्खलामा १–१ को बराबरीमा ल्याएकाे छ ।
राँचीमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको २७९ रनको लक्ष्य टिम इन्डियाले ३ विकेटमा पुरा गरेको थियो । टस जितेर पहिले ब्याटिङ गर्न आएको दक्षिण अफ्रिकी टोलीले क्विन्टन डी ककलाई पहिलाे विकेटकाे रुपमा गुमाएको थियो ।
उनी ५ रन बनाएर आउट भए । टिम इन्डियाले ४६औं ओभरमा ३ विकेट गुमाएर २८२ रन बनाउँदै खेल जित्न सफल भयाे ।
सम्बन्धित

प्रतिक्रिया