विभिन्न बुँदामा छलफल गर्न भाेलि दिउँसो रास्वपाकाे सचिवालय बैठक बस्दै
नेपालखोज
२०८३ वैशाख ५ गते १९:४६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भाेलि (आइतबार) दिउँसो सचिवालय बैठक बोलाएको छ । ६ बुँदे विषयमा छलफलका लागि रास्वपाले आइतबार दिउँसो साढे तीन बजे सचिवालय बैठक बोलाएको हो ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने उक्त बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन,केन्द्रीय आयोग, सल्लाहकार परिषद् र विभागमा मनोनयन विषयमा छलफल तय भएको छ ।
यस्तै, बैठकले महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञहरूबाट योजना आव्हान लगायतका विषयमा पनि छलफल गर्ने छ । बैठकले प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी पनि तय गर्ने छ ।
सम्बन्धित

प्रतिक्रिया