प्रतिनिधि र प्रदेशसभा निर्वाचन : उम्मेद्वारविरुद्ध आज दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने

नेपालखोज २०७९ असोज २४ गते ८:२५

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेद्वारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने बताएकाे छ । आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न दलबाट तथा स्वतन्त्र उम्मेद्वारी दिएका व्यक्तिको विरोधमा उजुरी दिन सकिनेछ । 

उजुरी दिइसकेपछि उक्त उजुरीमाथि आजै बेलुका ५ बजेदेखि जाँचबुझ गरिने तथा उक्त जाँचबुझपछि मंगलबार बेलुका ५ बजेसम्म उजुरीमाथि निर्णय गर्ने कार्यतालिका रहेको छ । 

त्यस्तै भाेलि बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेद्वारको नामावली आयोगले प्रकाशन गर्नेछ । आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म देशैभरका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेद्वारले मनोनयन दर्ता गरेका थिए । 

प्रतिक्रिया