सोमबार, फागुन १४, २०८०

एसियाड पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै

नेपालखोज २०८० असोज ३ गते ८:००

काठमाडौं ।  १९औं एसियन गेम्स (एसिडाड) अन्तर्गत मंगलबार चीनको हान्झाउमा सुरु भएको पुरुष भलिबलमा नेपालले आज एसियाकै बलियो टोली इरानसँग खेल्दैछ ।

पछिल्लो दुई संस्करणको एसियाडमा स्वर्ण जितेको इरानसँग खेल्नु नेपालको लागि ठूलो अवसर हुनेछ ।

समूह बी अन्तर्गत मंगलबार भएको पहिलो खेलमा बहराइनविरुद्ध पहिलो सेट जितेपनि त्यसपछि लय कायम राख्न नसक्दा नेपाल ३-१ को सेटमा पराजित भएको थियो ।

पहिलो खेलमा पराजित भएको नेपालका लागि समूह चरण पार गर्न कठिन देखिन्छ । इरानसँग पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

प्रतिक्रिया