हुम्लामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
नेपालखोज
२०७९ असोज २४ गते ९:१६

काठमाडाैं । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको बताइएको छ ।
पहिरोमा परि घाइते ३ जनाको उद्धार गरी स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अहिले पनि पानी परिरहेकोले पुरिएकाको शव निकाल्न नसकिएको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया