प्रतिनिधि र प्रदेशसभा निर्वाचन : आज उम्मेद्वारको नामावली प्रकाशन गरिँदै

नेपालखोज २०७९ असोज २५ गते ६:१७

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेद्वारको नामावली प्रकाशन गरिँदै छ । आज साँझ ५ देखि ७ बजेसम्म उम्मेद्वारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगकाे कार्यतालिका रहेकाे छ ।  

भाेलि (बुधबार) १० देखि १ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने दिन तोकिएको छ । भाेलि नै ३ बजेभित्र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यातालिका छ  ।

प्रतिक्रिया