हुम्लामा पहिराेमा पुरिएर चार जनाको मृत्यु, पाँच घाइते
नेपालखोज
२०७९ असोज २५ गते ८:१०

सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको पहिरामा पुरिएर चार जनाको मृत्यु भएको छ । ती चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
पहिराेमा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त , नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।
पहिराेमा परेर पाँच घाइते भएका छन् । घाइते हुनेमा ३८ वर्षका देउच्या , ३६ वर्षीया अङ्गती , १४ वर्षीया मनिका , १२ वर्षीया निरुता र तीन वर्षीय तवेन्द्र विक छन् । घाइतेमध्ये अङ्गतीको अवस्था गम्भीर छ ।
सम्बन्धित

प्रतिक्रिया