प्रधानमन्त्री देउवाले गरे जसपाका मन्त्रीहरुलाई हटाउने तयारी
नेपालखोज
२०७९ असोज २५ गते १२:१९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हटाउने तयारीमा जुटेका छन् । प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई हटाउन सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भेट्ने तयारी गरेका हुन् ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातवरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंहले तत्काल राजीनामा नदिने बताए ।
गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड छ । कांग्रेसमा एक नेताले भने, ‘एमालेसँग सहकार्य गरेका छन् र चुनावपछि पनि त्यसलाई जारी राख्छौं भने पछि कसरी राखिराख्नु ।’ कांग्रेसका अरु नेताहरुले पनि उनिहरुलई हटाउन पर्नेमा जेड दिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया