‘म कसैको चुनावी प्रचारक बन्दिनँ’
नेपालखोज
२०७९ असोज २५ गते १२:४९

काठमाडौं । वरिष्ठ हास्यब्यंग्य कलाकार हरिवंश आचार्याले आगामी प्रतिनिधिसभा तथा प्रदेश शभाको निर्वाचनमा आफूले कुनै दलको प्रचार नगर्ने बताएका छन् । आज सामाजिक संजाल फेसवुक मार्फत एक स्टाटस लेख्दै उनले सबै राजनीतिक दल र उम्मेदवारका साझा मान्छे भएकाले कसैको पक्षमा भोट माग्न नसक्ने बताएका हुन् ।
उनले भने, ‘हामी सबै राजनितिक दल ,सबै उमेद्वारका साझा मानिस हौ । ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।’ उनले कसैले पनि चुनावमा आफूसँग प्रचार प्रसारको आशा नराख्न आग्रह गरेका छन् ।

सम्बन्धित

प्रतिक्रिया