बिहीबार, वैशाख २०, २०८१

इरानको जेलमा झडप हुँदा मानवीय क्षतिको आशङ्का

नेपालखोज २०७९ असोज २५ गते १३:४८

तेहरान । उत्तरी इरानको गिलान प्रान्तस्थित एक बन्दीगृहमा बन्दीहरुका बीचमा भिडन्त भएको बताइएको छ । सो भिडन्तमा परेर कैयौँ कैदीबन्दी मारिएका अनुमान गरिएको छ ।

इरानको अर्ध सरकारी समाचार समिति मेहरले सो कुराकोे जानकारी दिएको छ । सो समितिका अनुसार आइतबार उक्त सहरको लकान बन्दीगृहमा रहेका कैदीहरुका बीचमा झडप भएको थियो ।

गिलान प्रान्तको प्रान्तीय राजधानी प्रान्तको लाकान सहरमा रहेको जेलमा सो झडप भएको थियो । यहाँका एक जेल अधिकारीका अनुसार सो बन्दीगृहमा रहेका कैदीबन्दीहरुका बीचको आपसी विवाद बढ्दै गएपछि एक आपसमा भिडन्त भएको बताइएको छ ।

यस क्रममा भएको झडप र दुई पक्षबीचको भिडन्तमा परेर केही बन्दीको ज्यान गएको बताइएको छ । तर त्यसमा परेर के कतिजनाको ज्यान गयो भन्ने बारेमा भने केही खुलाइएको छैन । जेलका अधिकारीले यस विषयमा अनुसन्धान जारी रहेको बताएका छन् ।

इरान सरकारका एकजना अधिकारीले उक्त जेलमा रहेका बन्दीहरु पक्ष विपक्षमा रहेर गरेको भिडन्तमा परेर कैयौँ बन्दीको ज्यान गएको आफ्नो नाम नबताउने सर्तमा जनाएका छन् ।

प्रतिक्रिया