बागी उम्मेद्वारी फिर्ता लिन निर्देशन

नेपालखोज २०७९ असोज २५ गते १८:०६

काठमाडाैं । सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आधिकारिक उम्मेद्वारका विरुद्ध बागी उम्मेद्वारी दिएकालाई तोकिएको समय अवधिभित्रै उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ ।

गठबन्धनका शीर्ष नेताहरुको आज बसेको बैठकले यही असोज २६ गते दिउँसो १ बजेभित्र बागी उम्मेदवारले उम्मेद्वारी फिर्ता नलिए सम्बन्धित पार्टीले निष्कासन गर्ने निर्णय गरेको हो ।

बैठकपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उक्त विषय उल्लेख छ ।

प्रतिक्रिया