रेशम चौधरी र लक्ष्मण थारुको उम्मेद्वारी रद्द
नेपालखोज
२०७९ असोज २५ गते २२:००

काठमाडाैं । रेशम चौधरीको उम्मेद्वारी खारेज भएको छ । नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया क्षेत्र नम्बर २ का प्रतिनिधसभा उम्मेद्वार चौधरी टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका उनकाे उम्मेद्वारी खारेज भएको हाे । मंगलबार निर्वाचन अधिकृतको कार्यालयले हत्या अभियोगमा जेल सजाय भोगिरहेका चौधरीको उम्मेद्वारी खारेज गरिदिएको हो ।
त्यस्तै कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेद्वार लक्ष्मण थारुको उम्मेद्वारी रद्द भएको छ । फरार सूचीमा रहेको भन्दै उनकाे उम्मेद्वारी रद्द भएको हाे । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेद्वार रहेका लक्ष्मण थारुको उम्मेद्वारी रद्द गरिएको हाे ।
सम्बन्धित

प्रतिक्रिया