अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ४१ पैसा, बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा

नेपालखोज २०७९ असोज २६ गते ८:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२८ रुपैयाँ १३ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०६ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया