शुक्रबार, वैशाख २६, २०८२

प्राे कबड्डी लिग : तेलुगु टाइटन्सकाे जित

नेपालखोज २०७९ असोज २६ गते ९:१०

काठमाडाैं । प्रो कबड्डी लिगको ९औं सिजन (पीकेएल ९) को १३औं खेलमा तेलुगु टाइटन्सले पटना पाइरेट्सलाई ३०-२१ ले पराजित गरेको छ । तीन खेलपछि टाइटन्सको यो पहिलो जित हो भने अर्कोतर्फ पटना पाइरेट्स अझै पनि आफ्नो पहिलो जितको खोजीमा छ र उनको यो लगातार दोस्रो हार हो । इरानी खेलाडी मोहम्मदरेजा सादलुले दुईवटा ट्याकल पोइन्ट मात्र पाएका थिए र उनले पुनरागमनलाई उल्लेख्य बनाउन सकेनन् ।

दोस्रो हाफमा तेलुगु टाइटन्सले राम्रो सुरुवात गर्दै पटनाका रेडरमाथि हावी रह्यो । पटनाले अन्तत: पुनरागमन गर्दै तेलुगु टाइटन्सलाई लगातार अंक जोड्दै दबाब दियो । खेलको ३०औं मिनेटमा पटना पाइरेट्सका मुख्य डिफेन्डर मोहम्मदरेजा सादलुको मांसपेशीमा चोट लागेको थियो र उनी निकै दुखाइमा परेका थिए तर खेल जारी राखे ।

उक्त खेलमा तेलुगु टाइटन्सका लागि मोनु गोयतले १० अंक र सिद्धार्थ देसाईले ९ अंक जोडे । डिफेन्समा टाइटन्सका लागि कप्तान सुरजित सिंहले सर्वाधिक ४ ट्याकल अंक लिए । पटना पाइरेट्सका लागि सुनिलले सर्वाधिक ४ ट्याकल अंक लिए । रेडिङमा सचिन र रोहितले ६ र ५ रन बनाए ।

प्रतिक्रिया