बागी उम्मेदवारी फिर्ता लिन वेदुराम भुसालले दिए निर्देशन
नेपालखोज
२०७९ असोज २६ गते ११:०२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. वेदुराम भुसालले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी अविलम्ब फिर्ता लिन निर्देशन दिएका छन् ।
महासचिव डा. भुसालले विज्ञप्ति जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायमै राखेमा पार्टीले कारबाही गर्ने बततएका छन् । निर्धारित समयसीमाभित्र उम्मेदवारी फिर्ता गरी सांगठनिक अनुशासनमा दृढ रहन समेत उनले आग्रह गरे ।
निर्वाचन आयोगले यही असोज २३ गते उम्मेदवारी मनोनयन तथा असोज २६ गते मनोनयन दर्ता भएका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि समय तोकेको छ । यसअघि पार्टीले गठबन्धनका साझा उम्मेदवारलाई देशभरबाट विजयी गराउन सम्पूर्ण मतदातालाई आग्रह गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया