आइतबार, वैशाख २३, २०८१

दोहोरो अंकले नेप्से बढ्दा ६९ करोड १७ लाखको सेयर किनबेच

नेपालखोज २०७९ असोज २६ गते १६:१०

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्ला दिन दोहोरो अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज (बुधबार) भने ११ दशमलव ३२ अंकले बढेर १८ सय ६६ दशमलव ४८ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५६ अंकले बढेर तीन सय ६६ दशमलव १९ अंकमा चढेको छ ।

दुई सय २३ वटा कम्पनीहरुको १४ हजार एक सय ८६ पटकको कारोबारमा २० लाख ८५ हजार दुई सय ८४ कित्ता सेयर खरिद-बिक्री भएकोमा आज कुल कारोबार रकम ६९ करोड १७ लाख ३७ हजार आठ सय ९४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा ट्रेडिङ र सामूहिक लगानी कोष समूहको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ३८ अंकले बढेर १३ सय सात दशमलव ५० अंकमा चढेको छ । विकास बैक समूहको सूचक पनि ६९ दशमलव चार अंकले बढेर तीन हजार तीन सय ९२ दशमलव ८४ अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक पनि १६ दशमलव १९ अंकले बढेर १९ सय ८० दशमलव ९६ अंकमा चढेकोमा निर्जिवन बिमा समूहको सूचक ४६ दशमलव ७४ अंकले बढेर सात हजार पाँच सय पाँच दशमलव ९२ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि ४९ दशमलव ९५ अंकले बढेर आठ हजार सात सय ५५ दशमलव ९८ अंकमा चढेको छ । फाईनान्स, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज अभियान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ६ सय सात रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा एभरेष्ट बैंकको ऋणपत्रको प्रतियुनिट सेयर मूल्य नौ दशमलव ८३ प्रतिशतले घटेर सात सय ८० रुपैयाँ अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी नविल बैंकको प्रतिकित्ता सात सय ९४ रुपैयाँ अन्तिम मूल्यमा दुई करोड ४० लाख ११ हजार ६ सय ५२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया