बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी भण्डारी पक्राउ

नेपालखोज २०७९ असोज २६ गते १६:३०


काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी रोशन भण्डारी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार काठमाडौंको टोखा नगरपालिका वडा ११ गंगबु भण्डारी गाउँ स्थायी ठेगाना भएका ३४ बर्षिय भण्डारीलाई सोही स्थानमा लुकीछीपी बसेको अवस्थामा बुधबार पक्राउ गरिएको हो ।

बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनबाट २०७९ असार १३ गते भएको फैसलामा पाँच लाख ५० हजार रुपैयाँ जरिवाना, चार दिन कैद र २२ हजार रुपैयाँ क्षतिपुर्ती शुल्क भराउने फैसला भई फरार रहेका भण्डारीलाई गंगबु भण्डारी गाउँबाट पक्राउ कार्यालयको भनाई छ । पक्राउ लगत्तै भण्डारीलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया