बिहीबार, वैशाख २०, २०८१

तेलको मूल्यवृद्धि अर्बौंं मानिसका लागि जोखिम भएको पुटिनको दावी

नेपालखोज २०७९ असोज २६ गते १८:४४

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली नेताहरूले चर्चा गरेको तेलको मूल्य वृद्धि अर्बौं जनताको हितका लागि जोखिम’ भएको बताएका छन् ।

मस्कोमा आयोजित एक ऊर्जा मञ्चमा रूसी नेता पुटिन भने, ‘केही पश्चिमा राजनीतिज्ञहरूको आत्म केन्द्रित निर्णयले विश्वको बजार अर्थतन्त्रलाई ध्वस्त पारिरहेको छ । वास्तवमा अर्बौँ मानिसहरूको कल्याणका लागि यसले खतरा खडा गरिरहेको छ ।

पश्चिमी मुलुकहरूमा देखिएको इन्धन अभाबलाई सम्बोधन गर्न नोर्ड स्ट्रिम पाइपलाइनको क्षतिग्रस्त भागमार्फत युरोपमा ग्यास आपूर्ति पुनः सुरु गर्न रूस तयार रहेको तर यसका लागि ‘बल ईयूको कोर्टमा रहेको’ बताएका छन् ।

सम्मेलनमा पुटिनले पाइपलाइनको केही भाग चुहावटबाट प्रभावित नभएको सङ्केत गर्दै भने, ‘रूस आपुर्ति सुरु गर्न तयार छ । ‘बल ईयूको कोर्टमा छ । यदि उनीहरू चाहन्छन् भने, पाइपका टुटीहरू चालू गर्न सकिन्छ ।’ रासस

प्रतिक्रिया