सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

नेपालखोज २०७९ असोज २६ गते २२:०१

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत रहेका जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गरेकाे बुलेटिनमा जनाइएको छ ।

उनकाअनुसार जोशीले सामान्य दोहोरो कुरा गर्न अवस्थामा रहेका छन् । ‘उनी सामान्य दोहोरो कुरा गर्नसक्ने अवस्थामा भएको र कमजोरी कायमै रहँदा उनलाई डिलक्स क्याविनमा सिफ्ट गरी सधन उपचार कक्ष (आइसियु) सरहकै सुक्ष्म निगरानीमा नर्सिग तथा मल्टीडिसिप्लिनरी केयरसहित उपचार गरिएको छ’ बुलेटिनमा भनिएको छ ।

जोशीको पछिल्लो समयमा देखिएको निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्याको उपचारसमेत जारी राखिएको छ ।

प्रतिक्रिया