तीनवटा प्रदेशमा वर्षाकाे सम्भावना

काठमाडाैं । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ र वाग्मती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
त्यस्तै आज राति प्रदेश १, वाग्गमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ र वाग्मती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
प्रतिक्रिया