सोमबार, वैशाख १५, २०८२

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दे

नेपालखोज २०७९ असोज २७ गते १३:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन: ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज (बिहीबार) अपरान्ह तीन बजेसम्म वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले बोलकबोलको माध्यमद्धारा खरिद गर्न सक्ने गरी उक्त परिमाणमा रिपो जारी गर्न लागिएको हो ।

राष्ट्र बैंकका अनुसार रिपोको परिपक्व हुने अवधि सात दिन अर्थात यही कात्तिक ३ गते तोकिएको छ । राष्ट्र बैंकले बजारमा लगानीयोग्य तरलता अभावको समस्यालाई नियन्त्रणमा राख्नको लागि रिपो जारी गरेर बजारमा रकम पठाउने गर्छ ।

प्रतिक्रिया