९ जनाको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
नेपालखोज
२०७९ असोज २७ गते १३:५४

काठमाडौं । आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट दर्ता भएको हो ।
भ्रष्ट्रचार मुद्दा, ज्यान मार्ने उद्योग, हत्याको अभियोग, नेपाली भूभागबारे विवादित अभिव्यक्तिमा मुछिएको, सरकारी जग्गा खाएको मुद्दा लगेका अभियोगमा अधिवक्ता अनिल आचार्यले उम्मेदवारी खारेजीको माग गर्दै रिट दर्ता गरेका हुन् । यो रिटमा असोज ३० गते सुनुवाइका लागि पेशी तोकिएको छ ।
सम्बन्धित

प्रतिक्रिया