रावलले भने- ओलीले अछामी कार्यकर्ताको अपमान गरे
नेपालखोज
२०७९ असोज २७ गते १४:०८

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अछामी कार्यकर्ताको अपमान गरेको आरोप लगाएका छन् ।काठमाडौंमा आज (बिहीबार) एक पत्रकार सम्मेलन गरेर भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको चरम कुण्ठा, गुटबन्दी र पार्टीलाई तानाशाही तरिकाले चलाउने निर्णयको आलोचना गरेकैले आफूलाई हेलाहोचो गरेको र चुनावमा टिकट समेत नदिएको आरोप लगाउएका हुन् ।
अछामको जिल्ला कमिटीले आफ्नो एकल नाम सिफारिस गर्दा पनि ओलीले टिकट नदिनु अछामी कार्यकर्ताको अपमान भएको पनि रावलले बताए । ओली एमालेको नेतृत्वमा आएदेखि पार्टी ध्वस्त हुँदै गएको आरोप लगाउँदै नेता रावलले अझै पनि यस्तै व्यवहार भएमा पार्टी विघटनको संघारमा पुग्ने चेतावनी दिए । नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया