आइतबार, वैशाख ३०, २०८१

सुनचाँदीको मूल्य सामान्य घट्यो

नेपालखोज २०७९ असोज २८ गते १०:४३

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ सय रुपैयाँले घटेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया