थापाथलीको क्रियापुत्री भवनमा महानगरको डोजर
नेपालखोज
२०७९ असोज २८ गते १३:२५

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत रुपमा निर्माण भएका संरचनामा डोजर चलाएको छ ।
महानगरले थापाथलीदेखि यूएन पार्कको पुलसम्म निर्माण भएका अनधिकृत संरचना हटाइरहेको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
उनको अनुसार उक्त क्षेत्रमा निर्माण भएको क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचनामा डोजर चलाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया