शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा ४२ संक्रमित, २६ जना निको

नेपालखोज २०७९ असोज २८ गते १५:५८

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ४२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १ हजार ६९ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।

एन्टिजेन परीक्षणमा शून्य जना रहेको छ भने, १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २६ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ६३८ पुगेको छ ।

प्रतिक्रिया