शुक्रबार, जेठ ४, २०८१

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

नेपालखोज २०७९ असोज २८ गते १९:००

यमन । यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको हुथी-नियन्त्रित स्वास्थ्य अधिकारीहरूको विज्ञप्ति उद्धृत गर्दै हुथीद्वारा सञ्चालित अल-मासिराह टिभीले शुक्रबार उल्लेख गरेको छ ।

यसैबीच, सोही औषधि प्रयोग गरिँदा अन्य नौ बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको र त्यस बारे अनुसन्धान भइरहेको जनाइएको छ । यमन भरका अस्पतालहरूमा तस्करी गरिएका औषधिहरूको प्रयोग सामान्य जस्तै मानिन्छ ।

गृहयुद्ध सुरु भएदेखि यमनका आधाभन्दा बढी स्वास्थ्य संस्थाहरू उपकरण, औषधि र बजौट अभावले थल परेका छन् । हुथी विद्रोहीहरूले सन् २०१४ मा उत्तरी यमनको ठूलो भाग कब्जा गरी सानाबाट साउदी समर्थित यमनी सरकारलाई विस्तापित गरेका थिए ।

युद्धले दशौं हजार मानिसको ज्यान गएको छ भने ४० लाख मानिसलाई विस्थापित गरेको छ । गृहयुद्धको चपेटाले देश भोकमरीमा धकेलिएको छ ।

प्रतिक्रिया