छवटा प्रदेशबाट बाहिरियाे याे वर्षको मनसुन

नेपालखोज २०७९ असोज २९ गते १४:५०

काठमाडौं । यस वर्षको मनसुन आजबाट बाहिरिएको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । जेठ २२ गते (जुन ५) नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको याे वर्षको मनसुन आज असोज २९ गते (अक्टोबर १५)बाट बाहिरिएको विभागले उल्लेख गरेकाे छ ।

आजबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश र मधेस प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको मौसम प्रदेश १ बाट भने बाहिरिन बाँकी रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

यी प्रदेशबाट औसत मितिभन्दा १३ दिन ढिलो गरी मनसुन बाहिरिएकाे हो । सरदरमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ ।

प्रतिक्रिया