शनिबार, जेठ ५, २०८१

चाैबीस घण्टा ५२ कोरोना संक्रमित थपिए

नेपालखोज २०७९ असोज २९ गते १६:१०

काठमाडौं । नेपालमा पछिल्लाे चाैबीस घण्टा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७४५ नमुनाको पीसीआर परीक्षण गर्दा ४५ र एक हजार १८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सातजनामा संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लो चाैबीस घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १८ जनाको मृत्यु भएको छ । त्यस्तै देशभर १६ जना निको भएका छन् ।

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख ८७ हजार ४३८ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया