शुक्रबार, जेठ ४, २०८१

श्रीलंकामा सडक दुर्घटना हुँदा ४४ जना घाइते

नेपालखोज २०७९ असोज २९ गते २१:००

कोलम्बो । श्रीलंकामा शनिबार ट्रक र यात्रु बोकेको बस एकआपसमा ठोक्किँदा कम्तीमा ४४ जना घाइते भएका छन् । श्रीलङ्काको उत्तरी प्रान्तमा व्यस्त ए नाइन सडकछेउमा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार बसले एक्कासि सडकमा फरक दिशातर्फ मोडिँदा तीब्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिएको थियो ।

बसमा करिब ५० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घाइते यात्रु र बस चालकलाई जाफना, पल्लई र किलिनोच्ची अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच, श्रीलङ्कामा बाढीका कारण शनिबार कम्तीमा दुई जनाले ज्यान गुमाएका र पाँच हजार दुई सय १२ परिवारका २१ हजार आठ सय ८८ जना प्रभावित बनेका श्रीलङ्काली केन्द्रीय विपत् व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बाढीबाट देशका विभिन्न ११ जिल्लामा १२० घरमा क्षति भएको छ । हम्बनटोटा, गाले, टिङ्कोमाली, किलीनोच्ची, गाम्पाहा, राजधानी कलम्बो, पुट्टलम र क्याण्डी अधिक प्रभावित भएका छन् । २६४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

प्रतिक्रिया