शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

नेपालखोज २०७९ असोज ३० गते ७:४७

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उनको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । जोशीको ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएकाे हाे ।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनलाई शरीरमा केही कमजाेरी भएपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, उनको शरीर अध्ययनका लागि अस्पतालमै राखिने भएकाे छ । उनकाे परिवारजन र अस्पतालबीच भएको छलफलमा शरीर अध्ययनका लागि राख्ने सहमति भएको किस्ट अस्पतालले जनाएकाे छ । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । 

प्रतिक्रिया