सत्यमोहन जाेशीको शरीर अध्ययनका लागि अस्पतालमै राखिने

नेपालखोज २०७९ असोज ३० गते १०:३९

काठमाडौं । उनको शरीर अध्ययनका लागि अस्पतालमै राखिने भएकाे छ । उनकाे परिवारजन र अस्पतालबीच भएको छलफलमा शरीर अध्ययनका लागि राख्ने सहमति भएको किस्ट अस्पतालले जनाएकाे छ ।

किष्ट अस्पतालमा आइतबार परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय गरेको हो । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको थियो ।

प्रतिक्रिया