पोर्चुगलमा नेपालीहरुको सहयोगको सारथी बने सुवेदी

काठमाडौं । ठूलो सपना र आर्थिक समृद्धिको आशा बोकेर जीवनलाई सरल बनाउने उद्देश्यले विगत दश बर्ष अघि युरोप छिरेका बिक्की सुवेदी अहिले नेपालीहरुको सहाराका सारथी बनेका छन् ।
पर्याप्त पैसा कमाउने र पारिवारिक सम्पन्नतालाई मजबुद बनाउने उद्देश्यले विदेशिएका उनी अहिले भने समस्यामा परेका नेपालीहरुका लागि अत्यन्तै सहयोगी सारथी भएका छन् । पर्वत जिल्लाको कुस्मामा स्थायी घर भएका विक्की हालः युरोयियन मुलुक पोर्चुगलमा बस्छन् । शुरुमा रोजगारीको लागि पोर्चुगल आएका उनी अहिले नेपालीहरुका सबैभन्दा कान्छा ब्यवसायीको रुपमा परिचित छन् ।
दश बर्ष अघिदेखि ब्यवसायमा सम्लग्न भएका उनले आफ्नो ‘पावरफुल प्रिज्म एलडिए’ नामक कृषि कम्पनी स्थापना गरी विभिन्न आप्रबासीहरुलाई रोजगारी दिएका छन् । यसका अलावा सामाजिक सेवा समेत हात हालेका बिक्कीको समुहले अन्य दुई कम्पनीको स्थापना गरी करिब तीन हजार ब्यक्तीलाई रोजगारी दिएको बताए ।
उनले यहाँ स्थापना गरेको “हेल्प डेक्स इन पोर्चुगल” नामक संस्था नेपाली कामदारहरुका लागि अत्यन्तै सहयोगी बनेको छ । रोजगारीको सिलशिलामा पोर्चुगल आएका र समस्यामा परेका आप्रबासीहरुका लागि यो संस्था सारथी नै बनेको हो ।
‘जव म रोजगारीका लागि यहाँ आएँ त्यस पछि थाहा भयो बैदेशिक रोजगारी नेपालीहरुले सोचे जस्तो सजिलो रहेनछ । झण्झटिलो कागजी प्रकृयाले धेरै नेपालीहरुलाई समस्यामा परेको अवस्था थियो । तव मलाई, उनीहरुलाई यो परदेशमा सहयोग गर्नु भनेको ठूलो धर्म कमाउनु हो भन्ने भावनाको विकास भएर आयो ।’ एनएरएन क्षेत्रिय समिति ओलेन्तेजो पोर्चुगलका उपाध्यक्ष समेत रहेका विक्कीले भने । यसरी उनी सामाजिक सेवामा दत्तचित्त भएर निरन्तर लागेका छन् ।

प्रतिक्रिया