प्रतिवन्धित बस्तुहरुको लागि एलसी नखोल्न राष्ट्र बैंकको आग्रह

नेपालखोज २०७९ असोज ३० गते २२:००

काठमाडौं । नेपाल राष्ट्र बैकले सरकारले प्रतिवन्ध लगाएका बस्तुहरुको लागि प्रतिपत्र (एलसी) नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । सरकारले बिलासी बस्तुहरुको आयातमा यसअघि लगाएको प्रतिवन्धलाई यही असोज २८ गते देखि नैं कार्यान्वयनमा आउने गरी आगामी मंसिर २९ गतेसम्म कायम राखेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

निर्देशनअनुसार अब बाणिज्य बैक र राष्ट्रियस्तरका बिकास बैंकहरुले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको लागि तत्काल एलसी खोल्न पाउने छैनन् । आइतबार बाँणिज्य बैंक, राष्ट्रियस्तरका बिकास बैंक र अन्य निकाहरुको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

निर्देशनमा भनिएको छ, बिदेशी बिनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ को दफा १.१८ को अन्तिम बाक्य पश्चात देहायबमोजिमको व्यवस्था थप गरिएको छ ।

सो अनुसार नेपाल सरकारद्धारा प्रकाशित नेपाल राजपत्र (खण्ड ७२) मिति २०७९ असोज २८ गते अतिरिक्ताङ ४५) को सुचना बमोजिम केही वस्तुहरुको पैठारीमा पुर्ण बन्देज लगाईएकोले सोही सुचना बमोजिम गर्नु, गराउनु पर्ने छ ।

परिपत्र अनुसार अब विदेशी मदिरा, तीन सय डलरभन्दा बढीको स्मार्ट फोन, एक सय ५० सीसी माथिका मोटरसाइकल तथा जीप, कार र भ्यानको आयातमा एलसी खोल्न पाईने छैन ।

प्रतिक्रिया