आइतबार, जेठ ६, २०८१

भारतबाट बढेर आयो डिजेल र हवाई इन्धनको मूल्य

नेपालखोज २०७९ असोज ३० गते २२:१८

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेपछि इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आइतबार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल र हवाई इन्धनको मूल्य अत्यधिक बढेर आएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार पेट्रोलमा रु१.७४ प्रति लिटर, डिजेलमा रु १५.६० प्रति लिटर र हवाई इन्धनमा रु १०.२५ प्रति लिटरले बढेर आएको छ ।  नयाँ मूल्यले डिजेलमा रु ६.३४ प्रति लिटर घाटा  र एलपी ग्यासमा रु ३२५.४४ प्रति सिलिन्डर घाटा हुने भएपनि पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब रु ३९ करोड नाफा हुने प्रक्षेपण गरिएको छ ।

यद्यपि निगमले इण्डियन आयल कर्पोरेशन , नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिब रु ३३ अर्ब ६० करोड रकम तिर्न बाँकी रहेको अवस्था छ । निगमले पेट्रोलियम पदार्थ खरिदका लागि नेपाल सरकारसँग रु ७ अर्व र राष्ट्रिय वाणिज्य बैंकसँग रु ३ अर्व ऋण लिई पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई केही महिनादेखि व्यवस्थित गर्दै आईरहेको छ ।

प्रतिक्रिया