इरानको इभिन जेलमा आगलागी हुँदा ४ जनाको मृत्यु, ६१ जना घाइते
नेपालखोज
२०७९ असोज ३१ गते ७:१३

तेहरान । तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परि कम्तीमा चार कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको छ । इभिन कारागारको वार्डका केही कैदीहरूबीच हिजो राति भएको झडप र आगलागीपछि सो दुर्घटना भएको हो ।
विषाक्त धुवाँबाट निसास्सिएर मृत्यु भएका चार कैदीहरूलाई चोरीको अभियोगमा दोषी ठहर गरिएको थियो र उनीहरूले इभिन जेलमा सजाय भोगिरहेका थिए ।
घाइते ६१ मध्ये ५१ जनाको क्लिनिकमा उपचार गरिएको थियो भने १० जनालाई अस्पतालमा भर्ना गरिएको थियो । प्रतिवेदन अनुसार चोटपटकको जोखिममा रहेका ७० भन्दा बढी कैदीहरूलाई बचाइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया