शुक्रबार, वैशाख २६, २०८२

नवौँ राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट कराँतेमा चार स्वर्ण पदकसहित गण्डकी प्रदेश टिम च्याम्पियन

नेपालखोज २०७९ असोज ३१ गते ७:५५

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेशले चार स्वर्ण पदकसहित च्याम्पियन भएको छ । गण्डकीले नेपाल आर्मीलाई पछि पार्दै चार स्वर्ण पदकसहित टिम च्याम्पियन भएको प्रतियोगिताका सहसंयोजक दीपक गोदारले जानकारी दिए ।

महिला ४० केजीमुनि तौल समूहको प्रतिस्पर्धामा गण्डकी प्रदेशकी पुष्पा केसीले स्वर्ण पदक दिलाएकी हुन् । उनले सुदूरपश्चिम प्रदेशकी गरिमा पार्कीलाई पराजित गर्दै टिम च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेकी हुन् । त्यस्तै अर्को खेलमा नेपाल आर्मी र गण्डकीले समान तीन÷तीन स्वर्ण पदक जितेका थिए । कराँतेमा पुरुषका सात र महिलाका पाँच विधा गरी १२ विधामा भएको प्रतिस्पर्धामा गण्डकीले पुरुषफर्तको ३०–४०, ४५–५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०–५५ तौल समूहमा एक स्वर्ण जितेको हो ।

त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०–६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो । खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका हुन् । उनले गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण हात पारेका हुन् । पुरुषतर्फकै ६०–६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेका हुन् । भुजेलले रजत पदक जितेका हुन् ।

पुरुषतर्फकै ५५–६० केजी तौल समूहमा नेपाल प्रहरीका सुशन लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका हुन् । पुरुषतर्फकै ५०–५५ केजी तौल समूहमा मधेस प्रदेशका धरमिन्दर रामले स्वर्ण प्राप्त गर्नुभयो भने नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत प्राप्त गरे ।

प्रतिक्रिया