सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

नेपालखोज २०७९ असोज ३१ गते १७:३१

काठमाडौं । संस्कृतिविद् एवं शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा कात्तिक १ गते सरकारले सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी कात्तिक १ गते मंगलबार सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरुलाई देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

प्रतिक्रिया