सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
नेपालखोज
२०७९ कार्तिक १ गते ६:१४

काठमाडाैं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिलेको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया