सल्यानमा अरिंगालको टोकाइबाट दुई जनाकाे मृत्यु
नेपालखोज
२०७९ कार्तिक १ गते १०:०२

काठमाडाैं । सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । स्थानीय नवीन बस्नेतको श्रीनगरमा उपचार भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया