शुक्रबार, वैशाख २६, २०८२

धादिङमा पालिकास्तरीय टि-ट्वान्टी क्रिकेट लिग सुरु

नेपालखोज २०७९ कार्तिक १ गते १५:३९

धादिङ । धादिङमा अन्तरपालिकास्तरीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्लाभित्रका स्थानीय सरकारको सहयोगमा धादिङ जिल्ला क्रिकेट सङ्घले प्रतियोगिताको आयोजना गरेको हो ।

सोमबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ब्याटिङ र बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बलिङ गर्दै खेलको उद्घाटन गरे । यो–म्याचमा स्थानीयतह र क्रिकेट संघका पदाधिकारी पनि सहभागी थिए ।

प्रतियोगितामा जिल्लाभरका आठ पालिकाबाट टिम सहभागी छन् । बेनिघाट रोराङ गाउँपालिकाको विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा गजुरी गाउँपालिका र खनियाबास गाउँपालिकाले ‘ओपनिङ’ खेल खेलेका छन् ।

धादिङमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको यो तेश्रो पटक हो । स्थानीयस्तरमै खेलाडी उत्पादन गर्ने र क्रिकेट खेलमार्फत धादिङलाई देश विदेशमा चिनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको धादिङ क्रिकेट संघका अध्यक्ष दिपेश कँडेलले बताए ।

प्रतिक्रिया