माओवादीले कात्तिक ४ गतेसम्मका लागि बागी उम्मेद्वारी फिर्ता लिने समय थप्यो

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेद्वारी दिएकाहरूलाई उम्मेद्वारी फिर्ता गर्ने समय थप गरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बागी उम्मेद्वारी फिर्ता लिने वा निष्क्रिय पार्ने समयावधी यही कात्तिक ४ गतेसम्मका लागि थप गरिएको छ ।
माओवादीले बागी उम्मेद्वारी दिएकालाई यसअघि असोज ३१ गतेसम्म फिर्ता लिन भनेको थियो । आज पुनः अर्को विज्ञप्तिमार्फत थप समय दिई उम्मेद्वारी फिर्ता लिन वा निष्क्रिय बनाउन भनेको हो । सो समयभित्र निर्णय गरेमा पार्टीका तर्फबाट कारबाही नहुनेसमेत स्पष्ट पारेको छ ।
यसअघि माओवादीले आधिकारिक उम्मेद्वारविरुद्ध उम्मेद्वारी दिएकालाई पार्टीबाट निष्कासन गरी कारबाही गर्ने चेतावनी दिएको थियो । माओवादीले बागी उम्मेद्वारी दिएकालाई फिर्ता लिएर आधिकारिक उम्मेद्वारलाई सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया